गायिका रचना रिमालको ‘रित्तो मझेरी’ दसैँ गित आउँदै, सञ्चारकर्मी धर्मेन्द्रले दिए यस्तो साथ !

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ भाद्र १, सोमबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

धादिङ । नेपाल आईडलले धेरै प्रतिभाहरुलाई आम दर्शकको माझ ल्याएको छ । जो अहिले धेरै नेपाली संगीतप्रेमीहरु माझ लोकप्रिय भैरहेका छन् । त्यसै लहरका एक हुन् रचना रिमाल । नेपाल आईडलले फरक परिचयका साथ अघि बढिरहेकि उनको यतिबेला एक पछि अर्को गीतहरु हिट हुँदै गैरहेका छन् । उनै गायिका रचना रिमाल र कमला घिमिरे सङ्ग गित गाएर चर्चा मा आउन सफल गायक किशान विनायक को नया दशैंको गीतमा सहकार्य हुदै छ। जसमा गीतको बोल ‘रित्तो मझेरी‘ रहेको छ।

गरिब को कथा बोकेको उक्त गित केहि दिन भित्र बजारमा सार्बजनिक हुदै छ । सञ्चारकर्मी तथा निर्देशक धर्मेन्द्र श्रेष्ठ को थेगो, गायक सिताराम परियार सरगम को शब्द र गाएक तथा एरेन्जर झलक सङीतम को लय तथा एरेन्ज मा बन्न लागेको उक्त गित निकै मेहनत को साथमा भिडियो निर्माण गरी बजारमा आउने तयारी भैइरहेको निर्देशक धर्मेन्द्र श्रेष्ठ ले बताए । उक्त गित आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको छ । उक्त गित रेकर्डिङ्ग गर्दै गर्दा Sky TV Nepal च्यानलले क्यामेरामा कैद गरि अपलोड गरेको छ साथसाथै उक्त गीतमा सहभागीताहरु सङ्ग पनि अनतरवार्ता लिएका छन् ।

भिडियो हेर्नुहोस् : 

https://youtu.be/ML-IhODnqXQ

ताजा अपडेट

खोजी गर्नुहोस