नेपाल आइडलकी प्रतिस्पर्धी मेघाको ‘पोल्छ’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ भाद्र १२, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौं । नेपाल आइडल सिजन ३ की प्रतिस्पर्धी ‘गोल्डेन माइक’ होल्डर मेघा श्रेष्ठको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा लोकेश बज्राचार्यको शब्द संगीत रहेको छ । ‘पोल्छ’ बोलको गीतमा मेघाको आवाज सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा मेघा स्वयंले अभिनय गरेकी छिन् । गीतको भिडियोलाई निर्माण, निर्देशन र सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । बज्राचार्य निर्देशक तथा सम्पादकका साथै नेपाल आइडल सिजन ३ का निर्देशक पनि हुन् । मेघा श्रेष्ठ नेपाल आइडल सिजन ३ को शीर्ष ५ सम्ममा पुगेकी थिइन् ।
रोहित जोन क्षेत्रीको साउण्ड अडियो प्रोडक्सन रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ विजु कर्मचार्यले गरेका हुन् । भिडियो :

ताजा अपडेट

खोजी गर्नुहोस