भाद्र १२, काठमाडौ । नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाई बनेकी छन् । मोरङ्गकी सज्जाले फाइनलमा किरण भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।
सिजन तीनको फस्ट रनरअप किरण भुजेल बनेका छन् भने सेकेण्ड रनरअप प्रविन बनेका छन् । कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ ।