धादिङ । रचना रिमालको बिल्कुलै नयाँ दसैँको लोक गीत ‘रित्तो मझेरी’ सार्वजनिक भएको छ । रचना रिमाल र किसन बिनायकको आवाजमा सजिएको लोक गित गरिव परिबेशमा रहँदा दसैले कतिसम्म पिडा दिन्छ भन्ने मुख्य भावमा आधारित ‘रित्तो मझेरीमा’ कलाकारहरुले पनि सुनमा सुगन्ध भरेका छन् । यस गीतको शब्द रचना गायक सिताराम परियारले गरेका छन् भने झलक संगीतमले यस गीतको लय भरेका छन् । थेगो सञ्चारकर्मी धर्मन्द्र श्रेष्ठको छ ।
यस गीतमा कलाकारहरु करन राना मगर, गिता अधिकारी, राजु श्रेष्ठ, रबि भट्टराई, राधिका दंगाल, ईश्वर धरेल र प्रकाश ढकाल रहेका छन् भने गितको बिच्च बिच्चमा सञ्चारकर्मी धर्मेन्द्रको पनि अभिनय रहेको छ । स्काई टिभी नेपाल युटुव च्यानलबाट सार्वजनिक भएको ‘रित्तो मझेरी’ दसैँ गितलाई अत्यधिक माया गरेर साथ दिन कलाकारहरुले आग्रह गरेका छन् । यस गितको अनलाईन मिडिया पाट्नरमा अनलाईनकेन्द्र डटकम पनि रहेको छ ।
भिडियो हेर्नुहोस् :