सुनिरहु लाग्ने बामदेब गौतमको ‘यो मुक्त भुमि,हो बुद्ध भुमि’ (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ भाद्र १७, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनि भएको छ । शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो । सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिबारे वर्णन गरिएको छ ।

आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ। गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन्। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ। दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् । गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याएका छन् । संग्रहमा सार्वजनिक भएका गीत र सार्वजनिक हुन बाँकी सबै समावेश गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस