नुवाकोटका युवा व्यवसायी भट्टराई म्युजिक भिडियोमा उदाए

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ भाद्र १८, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १८,काठमाडौं । कला सहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिका प्रोपाइटर उद्धव प्रसाद भट्टराईको अब नयाँ परिचय थपिएको छ । उनले गीत मार्फत् कला क्षेत्रमा पाइला चालेका हुन् । के गर्नु माया म बोलको गीतमार्फत भट्टराई कला क्षेत्रमा प्रवेश गरेका हुन् । उनी यो गीतको प्रोड्यूसर हुन् ।

गीतको म्युजिक भिडियोको सम्पूर्ण लगानी भट्टराईले गरेका हुन् । गीतको म्यूजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको प्रोड्यूसर भट्टराईले जानकारी दिए । उनका अनुसार गीत छिट्टै नै सार्बजनिक गर्ने तयारी छ । कला क्षेत्रमा उनको यो पहिलो प्रस्तुती हो ।

शब्द र संगीत उत्तम लामाको रहेको उक्त गीतमा सुरज श्रेष्ठ र सजिल श्रेष्ठले स्वर दिएका छन् भने नायिका रिया श्रेष्ठ र दिपक लामाको बेजोड अभिनय रहेको छ । गीतको निर्देशन भने कृष्ण परियारले गरेका हुन् । प्रोड्यूसर भट्टराईले यो गीतको रिलिज लगत्तै अर्को गीतको छायांकन पनि सुरु हुने बताए । उनले गीत राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस