काठमाण्डौ । गायक आशिष सचिनको नयाँ गीत पानी बादलु सार्वजनिक भएको छ । गीतमा आशिषलाई रेश्मा पुनले महिला स्वरमा साथ दिएकी छिन् । डान्सिङ शैलीमा तयार भएको यस गीतको शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिन आफैँ फिचर भएका छन् ।