चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ । झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ ।
चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । यो चलचित्रमा नायक अनमोल केसी सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । यस्तै, नायिका सुहाना थापालाई भने उनको फ्यानको भूमिकामा देखाइएको छ ।