कृष्ण काफ्ले र रचना रिमालको आवाजमा रहेको नया गीत ‘चाखुम चाखुम’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अम्बिका गुरुङ्गको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा तयार भएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर रहेका छन्। सौरभ लामाले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।