पर्यटन व्यवसायी नेपालको नयाँ गीत ‘मेरो चित्लाङ’ बजारमा (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ मंसिर ८, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ८,काठमाडौँ । चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालको परिचय थपिएको छ । उनले आफ्नै शब्द, स्वर र निर्देशनमा नयाँ गीत मेरो चित्लाङ युटुबमा सार्वजनिक भएको छ ।

काठमाडौं नजिकैको पर्यटन गन्तव्य चित्लाङको चिनारीको रूपमा गीत रहेको छ । चित्लाङको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । त्यस्तै गाउँमै बसेर केही गरौं भन्ने भाव समेत गीतले दिएको छ । गीतमा मान्डवी त्रिपाठीले नेपाललाई साथ दिएका छन् । गीतमा देवेन्द्र नेपाल, मुना बस्नेत, प्रकृति नेपाल, काजी श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

विगत १ दशकभन्दा बढी पर्यटन व्यवसायमा आबद्ध नेपाल गीत, संगीत क्षेत्रमा पनि कृयाशिल रहेका छन् । नेपाल चित्लाङको पर्यटन प्रवर्द्धन कृयाशिल छ । उनले फादर अफ चित्लाङको उपमा समेत पाईसकेमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस