चर्चित संगितकार कमल अधिकारीको शब्द संगित र संगित सयोजन समेत रहेको म्युजिक भिडियो ‘घरवाली पैसा खन खन’ सर्वजानिक भएको छ । जसमा स्वर विष्णु थापा सरगमको रहेको छ । यस गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ ।
यस गीतको भिडियोमा चर्चित नायक पल शाहकी घरवालीको रुपमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल रियाशा दाहाल देखा परेकी छन् । यस गीतमा द्वन्द माया र मिलन मिसिएको देख्न पाइन्छ । पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन् । यो भिडियोको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो ।
भिडियो