‘मन चोरी’ बोलको गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

काठमाडौँ  । गायक देवी घर्ती र कमल कुमालको स्वरमा ‘मन चोरी’ बोलको गीत सार्वजनिक भएको छ। कुमालकै शब्दमा ‘मन चोरी लग्यो कालेले’ बोलको गीत सार्वजनिक भएको हो । स्थानीय गाउँठाउँमा र दोहोरी कार्यक्रममा गाउँने गरे पनि कमलले गीतका रूपमा भने पहिलो पटक ल्याएका हुन्। गीतमा प्रयोग भएका शब्दहरु दाङ तथा देउखुरी आसपासमा बोलिने भाषिकाबाट पनि लिइएका छन्। गीतको संगीत चेतन गोतामेको छ भने म्युजिक भिडियोको निर्देशन कुमाल र नारायणी खत्रीले गरेका छन्। गीतको भिडियोमा अञ्जली अधिकारी, सविन मगर र कमलको अभिनय देख्न सकिन्छ। गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस