काठमाडौं । पछिल्लो समय निकै नै म्युजिक भिडियो देखिएका आकाश र पुजा शर्माको जोडीले यतिबेला नेपालि गुट संगीतको माहोल निकै नै तताएको छ । अनेक परिवेशका गित बजारमा आईरहेका बेला बिष्णु चामलिंग राईको शब्द सृजना लोकप्रिय गायिका मेलिना राई र भक्त प्रधानको स्वरमा रहेको नयाँ गीत “ऐसेलु पाकेर” बजारमा सार्बजनिक भएको छ ।
यो गीतको हरेक शब्द र म्युजिक भिडियोमा एकले अर्कालाई माया गर्ने र केटीलाई फकाएर भागेर जाउसम्मको कुरालाई उतारेका छन् निर्देशक निकेश खडकाले । भागरे पन्चेबाजा बजाएर ल्याउछु । गीतमा केटालाई अनेक बाहाना लगाउने नकारात्मक फिचरमा देखाईएको छ भने केटीलाई अनेक तरिकाले फकौदा बिहे गर्ने राजि हुदा केटीले लाहुरे केटाको ताकेता गरेकि छन् । केटाले म लाहुरे नभए पनि खुसि दिन सक्छु जस्ता कुरालाई फोकस गरेका छन् ।
म्युजिक भिडियो छायांकन बुद्द थापाले गरेका हुन् भने बिकास ज्ञावालीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडेल तथा नायक आकाश श्रेष्ठ र पुजा शर्माको अभिनय रहेको छ । एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस्