बिश्वको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज रेकर्डमा ४ नेपालीको किर्तिमानी

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । विश्वको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक  भिडियो हाम्रो साझा हिमाल गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित भएको छ । चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईले यो सफलता दिलाएका हुन् ।
नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ९.४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो ।

गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिन पछि विशेष कार्यक्रम गरी किर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने कुरा आयोजक पिम नेपालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस