मन्सामान्स्भी कृयशनको आधुनिक गित ‘लाख बिन्ती’ युट्युवमा सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ पौष १२, आईतबार (४ साल अघि)
  • ७७ पटक पढिएको
Post Thumbnail

पुस १२,काठमाडौँ । मन्सामान्स्भी कृयशनको आधुनिक गित लाख बिन्ती युट्युवमा सार्वजनिक भएको छ । आइतबार मात्रै मन्सामान्स्भी कृयशनको अफिसियल युट्बबाट पहिलोपटक सार्वजनिक गरिएको सो गितमा गायक रामकृष्ण ढकालले स्वर भरेका छन् । सरोज प्याकुरेलको संगित रहेको सोही गितको भिडियोमा नेपाली चलचित्रका सफल नायक दिलिप रायमाझी,बिन्दिया शाही,सपनकुमार थापा,निक्स शर्मा लगायतले अभिनय गरेका छन् ।

गितका प्रस्तोता लभ्ली नविन हुन भने निर्माता सरला भण्डारी अधिकारी रहेकी छिन् । गितका निर्देशक राजु अधिकारी हुन भने प्राविधिक निर्देशक आशुतोष अधिकारी र प्रमुख सहायक निर्देशक दिपक अधिकारी हुन् । प्रेम र बिछोडको मर्म समेटिएको गितमा सिनेमेटोग्राफरमा रविन्द्र बराल,सम्पादनमा राजेश कुमार र ड्रोन भिडियो छायाङकन मनोज चौधरी र पुजन लामिछानेले गरेका हुन् ।

पोखरा र सौराहमा छायाङकन गरिएको गितमा कथाले मागे अनुसार अभिनय र दृष्य छनोटमा आफुले कुनै सम्झैता नगरेको प्रस्तोता लभ्ली नविनले अनलाइनकेन्द्रलाई बताए । उनले गितको म्युजिक भिडियोमा गुणस्तर कायम गर्न हरसम्भव प्रयास गरिएको बताए । नेपाली गित संगितमा बादशाहका रुपमा रहेका गायक राकृष्ण ढकालको स्वरमा सजिएको गित र त्यसमा प्रस्तुत भिडियोमा नायक रायमाझीको उत्कृष्ट अभिनयले भिडियो सोचे अनुसार भएको उनको भनाई थियो ।

मन्सामान्स्भी कृयशनका सञ्चालक समेत रहेको नविनले आगामी दिनमा सो कृयशनले गित चलचित्र निर्माण तथा भिडियोहरु सार्वजनिक गर्दै जाने बताए । उनले लाख बिन्ती चाँडै नै फिमेल भर्सनमा नव-प्रतिभाको रुपमा गायीका ब्युटी रसालको स्वरमा आउने बताए । नविनले आफुले नव प्रतिभाहरुलाई प्राथामिकतामा राख्ने बताए ।

भिडियोसहित

ताजा अपडेट

खोजी गर्नुहोस