काठमाण्डौ । फिल्म सञ्चालनको एक सातापछि बल्ल कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय समिति सीसीएमसीले हल खुला गर्ने निर्णय गरेको छ । समितिको आइतवार बसेको बैठकले आवश्यक परेको अवस्थामा फेरि बन्द गर्न सकिने अधिकारसहित हल खुला गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव महेन्द्रप्रसाद गुरागाइँले बैठकको निर्णय सुनाउँदै पुनः रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने बताएका हुन् ।