काठमाण्डौ । गायीका शोभा पाण्डेको सुमधुर आवाजमा रहेको घायल बोलको गित बजारमा आएको छ । अर्जुन थापाको अभिनयमा हालै मात्र घायल बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गितमा बरिष्ठ गितकार डा। कृष्ण हरि बरालको शब्द रचना, महेश खड्काको संगीत र गायीका शोभा पाण्डेको सुमधुर आवाज रहेको गितको भिडियोमा नेपाली तथा हिन्दि गीत लगाएत कलर्स एच्डिको सिरिएलहरुमा अभिनय गर्दै आउनु भएकी नायीका सभ्यता गिरी र थापाको अभिनय रहेको छ । भिडियोलाई म्यूजिक नेपालले निर्माण र सार्वजनिक गरेको हो ।
दि पाल्प ग्रुपका संचालक शेखर लामाको ब्यवस्थापनमा छायाकंन गरिएको भिडियोलाई पुराना निर्देशक कमल खालिङले निर्देशन गरेका हुन, सैलेन्द्र भण्डारी र भुपेन्द्र रिखाम मगर सह निर्देशन रहेको भिडियोलाई जयराम थापा र जिवन श्रेष्ठले छायाकंन गरेका हुन् । सरिता विष्ट, ममता गजमेर र एलिजा मगरले कलाकारहरुको श्रृगांर गरेका हुन् भने तारा थापा किम्भे सम्पादन गरेका हुन् । भिडियोलाई सिन्धुलिको तज रिसोर्ट, भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट, लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ ।
भिडियो लिकं