‘एउटा यस्तो प्रेम कहानी’ भोलि रिलिज हुँदै

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ पौष २९, बुधबार (४ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । बहुप्रतिक्षित फिल्म एउटा यस्तो प्रेम कहानीु माघे संक्रान्तिबाट देशभर रिलिज हुने पक्का भएको छ। फिल्म हल सञ्चालकले हल खोले पनि सञ्चार मन्त्रालयले फिल्मको सेन्सर पास रोक्दा अन्यौल छाएको थियो ।

नायक शिव श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र निर्माता आकाश अधिकारीले प्रधानमन्त्रीसमक्ष विशेष पहल गरेपछि मंगलबारबाट सेन्सर खुला गरिएको छ । मंगलबार नै सेन्सर पास भएको फिल्म एउटा यस्तो प्रेम कहानीले पिजी प्रमाणपत्र पाएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिका अभिभावकको साथमा हेर्न जानुपर्ने हुन्छ । यससँगै फिल्म एउटा यस्तो प्रेम कहानी कोभिडपछि रिलिज हुने पहिलो फिल्म बनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस