प्रताप दासको स्वरमा सत्य घटनामा आधारित गीत (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ माघ ५, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

काठमाडौं । गायक प्रताप दासको स्वरमा सत्य कथामा आधारित ‘पत्थरको मुटु’ शीर्षकको गीतको म्युजिक भिडियो भएको छ । गीतमा मर्मस्पर्शी शब्दहरु समावेश छन्, जसलाई विजय पुनले रचना गरेका हुन् । गीतलाई ऋषि खड्काले संगीतवद्ध गरेका हुन् भने विशाल निरौला यो गीतका संगीत संयोजक हुन् । गीतकार विजय पुनले आफ्नै जीवनसँग सम्बन्धित विषयबस्तुलाई गीतमार्फत पस्किने प्रयास गरेको बताएका छन् । गीत लेखनमा पुनको यो पहिलो कदम हो । टिकटकमार्फत दर्शको मन जितेका विजयको कला क्षेत्रमा छिर्ने ढोकाको रूपमा यस गीतलाई लिन सकिन्छ ।

उनले यसअघि अभिनय गरेको ‘तिम्रो नामको सिन्दुर’ गीतको भिडियो पनि दर्शकले मन पराएका थिए । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्, जसमा दुई युवायुवतीबीच रहेको प्रेम कथालाई प्रस्तुत गरिएको छ । प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता प्रसंगहरु समावेश यो भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुत गरिएको छ । भिडियोमा विजय पुन र गीता ढुंगानाले अभिनय गेका छन् । भिडियोलाई बुद्ध थापा र उनको समूहले छायांकन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस