मेलिना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ माघ १३, मंगलबार (४ साल अघि)
  • ३८ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । पछिल्लो समयकी चर्चित तथा व्यस्त गायिका मेलीना राईको स्वरमा सजिएको ‘धड्किरहन्छ मुटुभरी’ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी शैलीको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ । भिडियो छांयाकनमा बुद्व थापा, सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन ।

भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एउटा दलित केटाले खान्दानी केटीलाई विवाह गरेर भगाएर लगेको देख्न सकिन्छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरेर आफ्नो छुटै संसार बनाएको कथालाई गीतको भिडियोले समेटेको छ । गीतमा साहित्यकार कवि एबम नेपाल सरकारका पूर्व सचिव दिपेन्द्रनाथ शर्माको शब्द, कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस