काठमाण्डौ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ युट्वमार्फत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो ।
फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् ।