माघ १६ काठमाडौँ । बलिउड अभिनेता शरमन जोशीका पिता तथा दिग्गज थिएटर कलाकार अरविन्द जोशीको निधन भएको छ । मिडिया रिपोर्टका अनुसार उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत थिए । शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
अरविन्द जोशी गुजराती थिएटर कलाकार र निर्देशकका रुपमा चिनिन्छन् । अरविन्दका पत्नी र दुई सन्तान ९छोरा शरमन र छोरी मानसी जोशी राय रहेका छन् ।
अरविन्द प्रेम चोपडाका सम्धी थिए । शरमनले प्रेम चोपडाकी छोरी प्रेरणा चोपडासँग विवाह गरेका छन् । छोरी मानसीको विवाह टिभी तथा बलिउड अभिनेता रोहित रोयसँग भएको छ । उनी रोनित रोयका भाइ हुन् । अरविन्द चर्चित टिभी तथा चलचित्र नायिका सरिता जोशीका देवर पनि हुन् ।
गुजराती थिएटरका साथै अरविन्दले केही बलिउड चलचित्रमा काम गरेका थिए । यसमा सन् १९७५ मा धमेन्द्र लर अमिताभ बच्चन अभिनित सुपरहित चलचित्र शोले पनि शामिल छ । रमेश सिप्पीको निर्देशनमा बनेको यस चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरेका थिए ।
त्यस्तै, सन् १९६९ मा उनले राजेश खन्ना अभिनित इत्तेफाकमा यश चोपडालाई सहयोग गरेका थिए । सन् १९९० मा ‘अपमानकी आग’ मा इन्सपेक्टर प्रभाकरको भूमिका निभाएका थिए । दैनिक भास्कर