मुटु गाँठो पर्ने गिति कथा : नेपाल आमाका सन्तानको ब्यथा ! तिमल्सिनाको ‘आशिर्बाद’ सार्बजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ माघ १७, शनिबार (४ साल अघि)
  • ९६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । हाल अस्ट्रेलियामा रहेका युवा व्यबसायि तथा समाजसेविको नामबाट चर्चित अशोक तिमल्सिना कला , साहित्य बिधामा पनि अब्बल मानिन्छन् । कोरोना त्रासकाबिच बैदेशिक भुमिमा प्रदेशिको पिडा र घरमा रहेकि आमाले छोरो आउने बाटो हेर्दै बसेका दिनहरुको अन्तरबस्तुबारे मार्मिक प्रस्तुति दिएको यो भिडियोमा समाबेश कथा बस्तु तिमल्सिनाले आज भन्दा ९ महिना अगाडि कोरोना भाइरसले संसारमा सन्नाटा छाएको बेलामा मनमा उब्जिएको कथा लेखेको कुरा उनले समाजिक संजाल मार्फत जानकारी दिएका छन ।

यो गिति कथा हात मुख जोड्नकै निमित्त बिदेसिनु परेका आम नेपाल आमाको सन्तान माथि कोरोना भाइरसले दिएको अर्को बज्रपातको कहालि लाग्दो काहानि हो । सबै कुराले भरिपुर्ण भएता पनि मर्दा र पर्दा जन्मघर उपस्थिति हुन नपाउनुको पिडालाइ गित मार्फत प्रस्तुत गरिएको छ । आमा र छोरा बिचको अधुरो कहानिलाइ समेटेर तयार पारिएको यो भिडियोमा आमाको पुरा नभएको आशिर्बादबारे भिडियोमा प्रष्टै देख्न पाइन्छ ।

यहि पुरा नभएको आशिर्बाद नै नाम लिएर भिडियो बजारमा आएको हो । बरिष्ठ कलाकार मिथिला शर्मा र तिमल्सिना को प्रमुख भुमिका रहेको छ । शर्मा संगै एउटै पर्दा शेयर गरि अभिनय गर्नु अशोक को ठुलो चुनौति थियो तर यो चुनौति उनले सजिलै गरि छोराको पात्रको रुपमा जिवन्त उतारेका छन् । भिडियोमा रह्को आमा छोरा कै अभिनय लाइ सोसल मिडिया मा मुक्त कण्ठले प्रसंसा गरि प्रतिक्रिया प्राप्त भैरहेका छन । गिति कथामा अडियो तर्फ स्वर केतन क्षेत्रिले दिएका हुन भने सुबास भुसालले संगित भरेका छन । यसको रचनाकार सुरज गैरे बिबस र स्वयम् अशोकले गरेका हुन । ओएसाआर डिजिटल मार्फत बजारमा आएको यस म्युजिक भिडियोलाइ युटुब्बमा हेर्न सकिन्छ ।

पुरा भिडियो तल लिङ्क बाट हेर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस