‘अलिअलि’ लिएर आए सञ्चारकर्मी दिपक समिर [भिडियोसहित]

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन ४, मंगलबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । केही दिन पहिले सञ्चारकर्मी समिरको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत् सार्वजनिक भएको हो । डीपी खनालको शब्द रहेको अलिअलिमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् ।

आरबी रेकर्डिङमा रेकर्ड भएको अलिअलि ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा श्रीदेव भट्टराई, स्मृती श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । अलिअलिको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने यसलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । दिपक समिरले दर्शक तथा स्रोताबाट गीतका बारेमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘सुन्नुहुनेहरुले तपाईंको गीत राम्रो छ भन्नुभएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस