सञ्चारकर्मी बिष्णु ठकुरी ‘मनै फाट्यो नि’ भन्दै आएपछि… [भिडियोसहित]

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फागुण १५, काठमाण्डौ । सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् ।

कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ।

भिडियो धादिङको विभिन्न स्थानमा छाँयाकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायाँकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँंयोजन रहेको छ ।

भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस