काठमाण्डौ । कलाकार बुद्धि तामाङ र वर्षा शिवाकोटी अभिनित ‘चालिसेमा’ बोलको गीत सार्वजनिक गरिएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको स्वरमा रहेको गीतलाई गायक स्वयंले एरेन्ज गरेका छन् । गीतको भिडियोमा बुद्धि र वर्षाका अलवा सौरभ न्यौपाने र सुशीला थापाको पनि अभिनय छ ।