भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्सको उपाधि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ मंसिर २७, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाडौं । भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस