अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ फागुन २२, आईतबार (३ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन २२,तनहुँ । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।

म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस