चलचित्र ‘२ नम्बरी’ मा उपासना इन बर्षा आउट !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ चैत्र ८, मंगलबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । चलचित्र ‘२ नम्बरी’ मा अभिनेत्री उपासना सिंह ठकुरी भित्रिएकी छन् । केही दिन अगाडि अभिनेत्री बर्षा राउत हटाएर निर्माण युनिटले उनको स्थानमा उपासना भित्र्याएको हो । अभिनेत्री उपासनाले फिल्ममा भित्रन पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया पाइन् । ‘सौगात मल्ल दाइसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ’ उनले भनिन् ‘फिल्मको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’

फिल्ममा अब दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ । आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मले २ साथीको कथा भन्नेछ । फिल्ममा दीपक मनाङ्गे र अमला देवी राईको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्म यही महिनाको तेस्रो साताबाट छायांकनका निस्कने बताइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस