फिल्म ‘चिसो मान्छे’ नेपालसँगै अमेरिका र क्यानडामा पनि प्रदर्शन हुने

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७९ जेष्ठ १५, आईतबार (२ साल अघि)
  • ४७ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’ नेपालसँगै अमेरिका र क्यानडामा पनि एकै दिन प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले बताएअनुसार फिल्म असार ३ गते नै क्यानडा र अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको हो । कोरोनाकालको समयमा श्रीमानको शव लिन काठमाडौं आएकी महिला र शव लिएर घर फर्किदाँको कथालाई फिल्ममा महिलाको मनोविज्ञानको विषयलाई समेटिएको छ।

केही दिनअघि फिल्मका ट्रेलर सार्वजनिक हुँदा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको थियो। खनालको निर्देशनमा बनेको फिल्मको कथा तथा छायांकन पनि उनैले गरेका छन्। डिएस डिजिटलको ब्यानरमा बनेको फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी छिन्।

ताजा अपडेट

खोजी गर्नुहोस