काठमाण्डौ । नेपाली लोकदोहोरी क्षेत्रमा मोडलिङ्ग तथा गायनको भूमिकाबाट आम दर्शक श्रोतामाझ परिचित नाम लक्ष्मी दर्नालको प्रस्तुति लोकदोहोरी गीत ‘नाकको फुली’ भर्खरै सार्बजनिक भएको छ ।
उनले केही समयअगाडि मात्रै नेपाली नारीहरुको महान चाड हरितालिका तीज विशेष गीत ‘माइतीको आँगनी’ बजारमा ल्याएकी थिइन् । यहि र यिनै गीतहरुको चौतर्फी सफलतापछि लक्ष्मीको यो पछिल्लो प्रस्तुति हो ।
प्रस्तुत गीतमा लय सुफिक्स मदनको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । निकै रोमान्चक सैलिको यस गीतमा सानु केसी स्मृति गौतम र रामकुमार खतिवडाको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीत सुन्दा केही भल्गर जस्तो लागे पनि गीतले समाजका विकृति र विसंगतीविरुद्ध प्रहार गरेको छ । ‘नाकको फुली’ बोलको गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं र अनु पराजुलीको आकर्षक अभिनय देख्न सकिन्छ । जुनतारा इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।