काठमाण्डौ । गायक राजु परियारको ‘लमजुङ मेरो घर’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा पदम विश्वकर्माको शब्द तथा राजेश थापाको संगीत रहेको छ।
विनोद बमको निर्देशन रहेको गीतको भिडियोमा कलाकार गौतम खाती र अस्मिता रणपालले अभिनय गरेका छन्। महेश महराले खिचेको गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन्।