सत्य घटनामा आधारित आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म “धागो” रिलिज 

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ कार्तिक १, मंगलबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail
काठमाण्डौ । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ। दसैँ र तिहारको परिवेशमा खिचिएको गीत सत्य घटनामा आधारित छ।
दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ।गीतको भिडिओमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइली अभिनय छ।
नविन चौहानको निर्देशन तथा कन्सेप्टमा तयार भएको गीतलाई संगीता कार्कीले निर्माण गरेकी हुन्। सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन्। यसअघि आर्टमाण्डुले ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस