चलचित्र सरी ममको ट्रेलर सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ मंसिर २७, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।

चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस