काठमाण्डौ । बैँस सम्हालको गीति भिडिओ सार्वजनिक भएको छ । लक्ष्मीदाश गहतराजको शब्द सङ्गीतमा बनेको गीतमा मेलिना राई र गौतम समी आङ्देम्बेको स्वर रहेको छ । यस्तै भिडिओ जितन राईको निर्देशनमा बनेको भिडिओमा चर्चित अभिनेतृ केकी अधिकारी र पुस्कर दाहाल फिचर्ड छन् । स्टोरी र कोरियोग्राफीको जिम्मेवारी जेरी भण्डारीले निभाएकी छन् ।