जापानबाट ‘निरमाया’ले अन्तर्राष्ट्रिय प्रदर्शन थाल्दै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० बैशाख ६, बुधबार (२ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ६, काठमाण्डौँ । जातीय छुवाछुत अन्त्य गर्ने अभिप्रायले निर्माण भएको फिल्म ‘निरमाया’ले जापानबाट अन्तर्राष्ट्रिय प्रदर्शन थाल्ने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा फिल्मको जापानमा विशेष प्रदर्शनी हुन लागेको हो । अप्रिल २९ मा टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा फिल्म प्रदर्शन हुनेछ ।

एनोदर चान्स नेपालले जापान राइट्स लिएर फिल्मको प्रदर्शन गर्न लागेको हो । जापानका अन्य सहरहरुमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको जानकारी प्राप्त छ । यो फिल्म नेपालका हलमा भने प्रदर्शन भएको छैन । अन्तर्राष्ट्रिय प्रदर्शन सकेपछि फिल्मलाई हलमा प्रदर्शन गरिने प्रस्तुतकर्ता अनन्त तिमल्सिनाले बताए । अन्य देशमा पनि फिल्म प्रदर्शनको तयारी भैरहेको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस