चलचित्र ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन, १६ वटा हलमा अझै प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० बैशाख ९, शनिबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ ।  आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार देशभरका १६ वटा हलमा ५१ औं दिन मनाएको चलचित्रका अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका हुन् ।

डिजिटल युगमा आजभोलि नेपाली चलचित्रलाई एक साता पनि हलमा टिक्न हम्मे हम्मे पर्छ । यद्यपि, वर्षमा एकाध चलचित्रले प्रदर्शनको ५१ औं दिन मनाउने गरेका छन् । यसरी हलमा नेपाली चलचित्रले ५१ औं दिन मनाउनु सामान्य मानिदैन ।

ताजा अपडेट

खोजी गर्नुहोस