रामकृष्ण ढकालको नयाँ गीत बजारमा : ‘कलकलाउँदो जोवन’ कस्तो छ ? (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ ७, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौँ । गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीत लोकबहादुर सुनारले लेखेका हुन् । दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् ।
गीतको म्युजिक भिडिओ पनि रिलिज गरिएको छ । भिडिओमा समेत गायक ढकाल नै देखिएका छन् । म्युजिक भिडिओमा ढकाललाई सीमा पन्थीले अभिनयमा साथ दिएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस