हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ बैशाख २७, बिहिबार (११ महिना अघि)
  • १३४ पटक पढिएको
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

बैशाख २७, काठमाडौँ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीतरसंगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस