सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, यसपछि ‘भष्मे डन’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ जेष्ठ ३, बिहिबार (११ महिना अघि)
  • २१६ पटक पढिएको
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, यसपछि ‘भष्मे डन’

जेठ ३,काठमाडौँ । नेपालको ‘नम्बर वान’ ओटीटी प्लाटफर्म सिनेमाघर एपले बक्स अफिसमा सफल भएका फिल्मलाई निरन्तर रिलिज गरिरहेको छ । ‘कबड्डी ४’, ‘महापुरुष’ र जारी’ले यो एपलाई नै ‘रि(ब्रान्डिङ’ गर्‍यो । मंगलबारबाट यसमा फिल्म ‘चपली हाइट ३’ रिलिज गरिएको छ । कोरोनाका कारण हल रिलिजमा ठूलो आर्थिक घाटा बेहोरेको यो फिल्म अब सःशुल्क रुपमा सिनेमाघर एपमा हेर्न सकिनेछ ।

निकेश खड्काको निर्देशन तथा अर्जुन कुमारको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, लक्ष्मी वर्देवा, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ लगायतको अभिनय छ । सस्पेन्स(थ्रिलर जनरामा बनेको ‘चपली हाइट ३’ हेर्न २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । र, यो एपमा व्यवस्था रहेको ‘सिनेक्वाइन’ अर्थात् विज्ञापन हेरेर बिना शुल्क पनि फिल्म हेर्न सकिनेछ ।

सिनेमाघर एपमा यसअघि ‘जय भोले’, ‘पानी फोटो’, ‘प्रेमगञ्ज’, ‘दोख’ लगायतका फिल्म रिलिज भैसकेका छन् । अर्को महिना फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ रिलिजको तयारी गरिएको छ । सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध रहेको यो एपमा फिल्म हेर्न नेपालका डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल तथा डेबिट(क्रेडिट कार्डसहित गुगल प्लेबाट सीधै पेमेन्ट पनि गर्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस