टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ आश्विन १, मंगलबार (७ महिना अघि)
  • ११० पटक पढिएको
टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

असोज १, काठमाण्डौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । यही भाद्र २९ गते शनिबार काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब ३०० सदस्यहरू उपस्थित रहेका थिए ।

काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगन्ज, नेपालगन्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएका थिए । ‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेशनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा १०० वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि उक्त साइटेसनमा व्यक्त गरिएको थियो ।
टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तित्वलाई उहाँको सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ चर्चित मिडियाकर्मी श्री भुषण दाहाललाई प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस