लैबरी सिङ्गिङ स्टार प्रत्यक्ष गायन प्रतियोगिताको अडिसन यहि भाद्र महिनामा हुने

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ आश्विन १८, शुक्रबार (६ महिना अघि)
  • ९३ पटक पढिएको
लैबरी सिङ्गिङ स्टार प्रत्यक्ष गायन प्रतियोगिताको अडिसन यहि भाद्र महिनामा हुने

मिति 25 अगस्ट 2019 आईतवार- लैबरी सिङ्गिङ स्टार प्रत्यक्ष गायन प्रतियोगिताको अडिसन यहि भाद्र महिनामा हुने भएको छ ।

सनसाईन प्रोडक्सन हाउसले स्थापना काल देखि हरेक वर्ष नेपाली कला सस्कृतीसंग जोडिएका डान्सिङ स्टार,गुड स्टार लैबरी सिङ्गिङ स्टार जस्ता विबिध कार्यक्रम गर्दै आईरहेको छ । यसै क्रममा नेपालभर छरिएर रहेका नव प्रतिभाहरुलाई एउटै ठाउँमा समेटी प्यालटफर्म दिएर उनिहरुमा भएका प्रतिभालाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका रहने हेतुले लैबरी सिङ्गिङ स्टार प्रत्यक्ष गायन प्रतियोगिता गर्न लागिएको कुरा प्रोडक्सन हाउसकि निर्देशक प्रमिला तामाङले बताउनु भयो ।

बिगतमा भएको कमिकमजोरीलाई सच्याउदै कार्यक्रम अझै बृहत रुपमा सम्पन्न गरिने भएको छ । यसै क्रममा कार्यक्रमलाई निस्पक्ष ढंगले सम्पन्न गर्नका निमित्त मुख्य भुमिका रहने निर्णायकहरुको छनोट गरि पत्रचार गरिसकेको कुरा कार्यक्रम प्रस्तोता तथा म्यानेजर एम. जी. तामाङले जानकारी गराउनु भयो ।

निर्णायकहरु क्रमश प्रथम नेपाली ताराका बिजेता दिपक लिम्बु, वरिष्ठ संगीतकार/ गायक नारायण लामा चर्चित गायक उत्सब सुब्बा लामा रहने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख ट्रफी प्रमाणपत्रद्वारा सम्मानित गरिने छ । यसै गरि अघिल्लो संस्करणको गायन प्रतियोगितामा कबिता आले प्रथम सुनिल बि.क दोस्रो र बिहानी योगि तेस्रो भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस