बादल घिमिरेले ल्याए ‘ बलेनी’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ मंसिर १५, शनिबार (४ महिना अघि)
  • ९२ पटक पढिएको
बादल घिमिरेले ल्याए ‘ बलेनी’

मंसिर १५, काठमाण्डौँ । मोडेल तथा संगीतकार बादल घिमिरेले नयाँ गीत ‘ बलेनी ‘ सार्वजनिक गरेका छन् ।

अन्जु पन्त र बिक्रम परियारको स्वर , बादलकै शब्द र संगीत अनि बिशाल घिमिरेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियो शनिबार युट्युमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा वरिष्ठ अभिनेता प्रकाश घिमिरे ,बादल घिमिरे, हिमाली केसी , आभा थापाले अभिनय गरेका छन् । सामाजिक कथाबस्तु बोकेको भिडियो अजय रेग्मीले छायांकन , अमृत चापागाईंले सम्पादन गरेका हुन् । नेपाली संगीतमा ख्याती कमाइरहेका बादलका ‘ बैगुनी ‘ , अग्लो तारे भिर ‘, ‘मनमा पिर कति लिने हो ‘ , ‘ आज सम्म देउता पनि ‘ लगायतका गीतहरू चर्चित छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस