खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि ( भिडियो )

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०८१ मंसिर २३, आईतबार (४ महिना अघि)
  • ७७ पटक पढिएको
खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनकि ( भिडियो )

मंसिर २३, काठमाडौँ ।  बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको यस गीतमा गोपाल प्याकुरेलको शब्द रहेको छ। गीतले बौद्धमार्गी आस्था, गुरु-शिष्यको निष्ठा र गुरुको महत्वलाई विशेष आदरका साथ चित्रण गरेको छ।

गीतमा ‘लामा’ भनेको गुरु वा शिक्षकलाई जनाउँछ भने ‘खेन्नो’ले “गुरु, मलाई बचाउनुहोस्” भन्ने अर्थ व्यक्त गर्दछ। यस गीतमा शिष्यले गुरुको शरणमा पुग्दै, मार्गदर्शन र संरक्षणको याचना गरेका छन्। गुरुको महिमा, शिक्षाको महत्व र गुरुको शरणमा बाँच्नुपर्ने सन्देश गीतमा समेटिएको छ। आध्यात्मिक जीवनमा गुरुको अपरिहार्य भूमिका र साँचो शान्ति र मोक्ष प्राप्त गर्न गुरु शिक्षाको आवश्यकता रहेको भाव यसमा अभिव्यक्त गरिएको छ।

गोपाल रसाइलीले यस गीतमा नेपाली र तिब्बती सांगीतिक धुनहरुको सुन्दर संयोजन गरेका छन्। गीतले सुगम संगीत र भक्ति भावको उत्कृष्ट मिश्रण प्रदान गरेको छ, जसले सबै उमेर समूहका श्रोता र दर्शकलाई आकर्षित गर्न सक्छ। मिलन शंकरले छायाँकन गरेको यस भिडियोलाई बिभोर पोखरेलको सम्पादन र निर्देशनमा तयार पारिएको हो। यसअघि खेन्पो पेम छिरी शेर्पाले ‘मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस