माघ २, काठमाण्डौँ । क्यूएफएक्सको हलमा अब साढे २ फिटभन्दा साना बालबालिका जान नपाउने भएका छन् ।
क्यूएफएक्स सिनेमाजले एक सूचना सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । २.५ फीट भन्दा मुनिको बालबालिकालाई क्यूएफएक्स चेनका हलमा प्रवेश निषेध गरिएको कम्पनीले जनाएको छ । साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको क्यूएफएक्सले जनाएको छ ।