गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि विवाह

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ माघ ३, बिहिबार (३ महिना अघि)
  • ८१ पटक पढिएको
गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट, भोलि विवाह

माघ ३, काठमाण्डौँ ।  गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् ।

उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस