फिल्मका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले आफ्नो अफिसियल फेसवुक पेजमार्फत भनेका छन्,– ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट मात्र होइन, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने कुनै योजना। यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा हो, जसले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।’
यस प्रोजेक्टमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतका कलाकार रहेको जनाइएको छ । फिल्मका सहायक निर्माता हरी क्षेत्री भुपेन्द्र हुन्।
फिल्मको प्राविधिक पक्षमा भरत कंडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन्।
निर्माता तथा निर्देशक रामजी ज्ञवाली, एक दशक लामो पत्रकारिता यात्रा पश्चात् फिल्म निर्देशनमा प्रवेश गरेका हुन्। उनको प्रतिक्षित डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ १ बर्षअघि तयार भई हाल विभिन्न फिल्म फेस्टिवलहरू तथा च्यारिटी शोहरूमा प्रदर्शन भइरहेको छ। त्यस्तै, उनको अर्को महत्त्वपूर्ण प्रोजेक्ट ‘मौन’लाई पनि अवार्ड, विशेष प्रदर्शन तथा च्यारिटी शोहरूमा सहभागिता गराउने योजना रहेको छ। निर्देशक ज्ञवालीले यसअघि ‘डार्कमुन,’ ‘लापत्ता सन्तान,’ ‘हनिमुन,’ ‘आराध्या,’ ‘लिलामी’ लगायतका चर्चित सर्ट फिल्महरूका साथै केही डकुमेन्ट्री तथा दर्जनौं म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।