माघ २५, काठमाण्डौँ । ‘लैजाउ तिम्रो सम्झना’ बोलको गीत बजारमा आएको छ । शिवराज बिश्वकर्माको आवाजमा सजिएको आधुनिक गीत निकै मार्मिक रहेको छ । यस गीतमा शब्द बिष्णु भट्टको रहेको भछ भने संगीत बिशाल निरौलाको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्डिङ भएको गीत एबि ईन्टरटेन्टमेन्ट नेपालको युटुव च्यानलबाट बजारमा आएको छ ।
यस गीतमा पछिल्लो समय मोडलिङमा निकै चर्चा बटुलेकी सरस्वती खत्री, दिपेन्द्र सोनाम तथा लक्की कुँवरको अभिनयले थप सुगन्ध थपिएको छ । बजारमा आएको यस सेन्टिमेन्टल गीतलाई माया गरेर हौसला प्रदान गर्न गित निर्माण टिमले आह्वान समेत गरेको छ ।