गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ माघ ३०, बुधबार (२ महिना अघि)
  • ४६ पटक पढिएको
गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’ सार्वजनिक

माघ २३, काठमाण्डौँ । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो। विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले  रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्। ‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ । सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/idDlMc0QEFE?si=XWPnYcKiUN6YyXke” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

ताजा अपडेट

खोजी गर्नुहोस