स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८१ फागुन ११, आईतबार (१ महिना अघि)
  • ३५ पटक पढिएको
स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

फागुन ११,काठमाडौँ । स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिएका थिए । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ ।

त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिएका छन् । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् ।
गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राखेका थिए ।

समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो । एक हजारभन्दा बढी गीत रचना गर्नुभएका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । उनका केही गीत करोडौं क्लबमा पनि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस